Like us!
Follow us!
Connect us!
Watch us!

अजरबैजानका राष्ट्रपतिले भने, ‘रूसले बिमान दुर्घटनाको कारण लुकायो’

अर्थ संसार

सोमबार, १५ पुस २०८१, ०९ : ०५ मा प्रकाशित

अजरबैजानका राष्ट्रपतिले भने, ‘रूसले बिमान दुर्घटनाको कारण लुकायो’

अजरबैजानका राष्ट्रपति इलहाम अलीयेभले रसियाले क्रिसमसको दिन दुर्घटनावश विमान खसालेको बिषय लुकाएको आरोप लगाएका छन ।

रूसतर्फ गएको सो बिमान अचानक दुर्घटना हुदाँ ३८ जनाको ज्यान लिएको थियो । बिमानमाथी हमला गर्नुको कारण रूसल लुकाएको उनको आरोप सार्बजनिक भएको छ ।

अजरबैजान एयरलाइन्सको विमान चेचन्याको ग्रोज्नी जाँदै थियो तर अकताउ नजिकै आपतकालीन अवतरण गर्नु अघि नै सो बिमान भयंकर दुर्घटनामा परेको थियो । बिमानमा प्रहार भए पछि अनियन्त्रित हुन पुगेको अजरबैजानले जनाएको छ । 

रुसको फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीले पहिले विमान चराहरूसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको बताएको थियो तर पछि युक्रेनी लडाकू ड्रोन र बाक्लो कुहिरोले विमानलाई रुसको हवाई क्षेत्रबाट बाहिर निकालेको बताएको थियो। यद्दपी, सो घटनामा रूसी राष्ट्रपति भ्लादिमर पुटिनले माफी मागेका छन । तर, खासमा सो बिमानमा के भएको थियो ? त्यो भने अझै खुलाईएको छैन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको