Like us!
Follow us!
Connect us!
Watch us!

रुस–युक्रेन युद्धबारे ट्रम्पको चेतावनी : सम्झौता नभए ‘बैठकबाट बाहिरिने’

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, ०७ : ४३ मा प्रकाशित

रुस–युक्रेन युद्धबारे ट्रम्पको चेतावनी : सम्झौता नभए ‘बैठकबाट बाहिरिने’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा हुन लागेको उच्चस्तरीय भेटलाई “महत्वपूर्ण तर निर्णायक” बैठकका रूपमा वर्णन गरेका छन्। बैठक सुरु भएको पहिलो दुई मिनेटमै सम्झौता सम्भव छ कि छैन भन्ने थाहा पाउने दाबी गर्दै ट्रम्पले सम्झौता नभए बैठकबाट सीधै बाहिरिने चेतावनी दिएका छन्।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने, “बैठकको सुरुका केही मिनेटमै मलाई थाहा हुनेछ, सम्झौता हुन्छ कि हुँदैन। हुन सक्छ, ‘लट्स अफ लक, फाइटिङ कन्टिन्यू’ भनौं, वा हुन सक्छ, हामी सम्झौता गरौं।”

ट्रम्पले यस बैठकलाई ‘फिल–आउट’ भेटको रूपमा चित्रित गर्दै, पुटिनसँग ‘के सोच राखेका छन्’ भन्ने बुझ्ने उद्देश्य रहेको बताए। उनले युक्रेनको मागलाई वास्ता नगरी ‘ल्यान्ड–स्वाप’ प्रस्तावलाई पनि एजेन्डामा राख्ने बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको संविधानले कब्जा गरिएको भूभाग छोड्न अनुमति नदिने पुनः दोहोर्याएका छन्। उनलाई भने ट्रम्प–पुटिन वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको छैन।

रुसले २०२२ फेब्रुअरीमा सुरु भएको आक्रमणपछि कब्जा गरिएका क्षेत्रलाई औपचारिक रूपमा कायम राख्न चाहेको विश्लेषकहरूले बताउँदै आएका छन्। ट्रम्पको छिटो सम्झौताप्रतिको इच्छाले युक्रेन र युरोपमा यसले रुसलाई फाइदा पुर्‍याउने आशंका बढाएको छ।

ट्रम्पले पुटिनसँगको बैठकपछि अर्को बैठक जेलेन्स्की र पुटिनसँग गर्ने सम्भावना पनि खुला राखेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको