Like us!
Follow us!
Connect us!
Watch us!

रूस–युक्रेन युद्ध रोक्न ट्रम्पले पुटिन र जेलेन्स्कीलाई गर्ने छन् फोन, हप्तामा ५,००० सैनिकको ज्यान जाने ‘रक्तपात’ अन्त्य गर्ने प्रयास

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ०७ : ३१ मा प्रकाशित

रूस–युक्रेन युद्ध रोक्न ट्रम्पले पुटिन र जेलेन्स्कीलाई गर्ने छन् फोन, हप्तामा ५,००० सैनिकको ज्यान जाने ‘रक्तपात’ अन्त्य गर्ने प्रयास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो सोमबार मे १९ तारिखका दिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्ने घोषणा गरेका छन्। उद्देश्य हो – रुस र युक्रेनबीच जारी युद्धमा हप्तामा झन्डै ५,००० सैनिकको ज्यान जाने 'रक्तपात' अन्त्य गर्नु।

ट्रम्पले यो वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि नाटो सदस्य राष्ट्रका नेताहरूसँग समेत कुराकानी गर्ने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘Truth Social’ मा लेख्दै भनेका छन्,

“म सोमबार बिहान १० बजे रूसी राष्ट्रपति पुटिनसँग फोनमा कुरा गर्नेछु। वार्ताको विषय युद्धमा भइरहेको रक्तपात रोक्नु र व्यापार हुनेछ। त्यसपछि म युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्नेछु र त्यसपछि उनीसँगै विभिन्न नाटो नेताहरूसँग छलफल हुनेछ।”

उनले यो वार्ता युद्ध अन्त्य गर्ने दिशामा सहमति र युद्धविरामको सम्भावना खोल्ने विश्वास व्यक्त गरेका छन्।

“आशा छ, यो वार्तादिन फलदायी हुनेछ। युद्धविराम हुनेछ, र यो हिंसात्मक युद्ध, जुन कहिल्यै हुनु नपर्ने थियो, समाप्त हुनेछ। भगवान हामी सबैलाई आशिष दिनुहोस्!” ट्रम्पले लेखेका छन्।

इस्तानबुलमा रूस–युक्रेन वार्ता भए पनि सहमति हुन सकेन

ट्रम्पको भनाइ त्यतिबेला आएको हो, जब हालै मात्र इस्तानबुलमा रुस र युक्रेनबीच तीन वर्षपछि पहिलो प्रत्यक्ष वार्ता सम्पन्न भएको थियो। तर करिब १ घण्टा ४० मिनेट चलेको वार्ताले कुनै ठोस सहमति ल्याउन सकेन।

वार्ताको भोलिपल्ट, युक्रेनको सुमी क्षेत्रमा रहेका नागरिकहरूलाई बोकेको एक मिनिबसमा रूसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु र ५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले हमलापछि सामाजिक सञ्जालमा लेखेका छन्,

“हिजो, र प्रत्येक दिनजस्तै युद्ध रोक्ने अवसर थियो। तर रूसले अझै पनि हत्या गर्ने अवसर मात्र उपयोग गर्छ।”

युक्रेनी पक्षले इस्तानबुल वार्तालाई ‘कमजोर र तयारीविहीन रूसी प्रतिनिधिमण्डल’ पठाइएको भन्दै आलोचना गरेको छ। युक्रेनका अनुसार, शान्ति स्थापनाको लागि वास्तविक र प्रतिबद्ध प्रयास चाहिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको