निर्जीवन बीमा कम्पनीहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म पौने १३ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत पुस ११ गतेसम्म निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा । ३ हजार ६ सय ७६ वटा दाबीको १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बीमा दाबी परेको हो ।
यसमध्ये हालसम्म बीमा कम्पनीहरुले १ हजार ७ सय २० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन्।् । यो कुल दाबीको ११.८१ प्रतिशत रहेको छ ।
कुन कम्पनीको दाबी भुक्तानी कति ?
प्राधिकरणका अनुसार यो अवधिसम्म सबैभन्दा धेरै दावी भुक्तानी शिखर इन्स्योरेन्सले दिएको छ । कम्पनीले कुल ३१ करोड ३८ लाख ६८ हजार रुपैयाँ दावी भुक्तानी दिएको हो । कम्पनीमा १ अर्ब ८१ लाख ५४ हजार बढीको दाबी परेको छ ।
यस्तै, सिद्धार्थ प्रिमियरले पनि ३० करोड ३५ लाख १९ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले २० करोड ४३ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी दिएका छन् ।
यसैगरी,हिमालयन एभरेष्टले १३ करोड ६२ लाख ६८ हजार, सानिमा जिआइसीले १३ करोड २१ लाख ७७ हजार, आइजीआई प्रुडेन्सियलले ११ करोड ६५ लाख ५३ हजार, नेकोले १० करोड ३४ लाख, एनएलजीले ८ करोड ४ लाख, ओरियण्टलले ५ करोड ३ लाख, युनाईटेड अजोडले २ करोड ६४ लाख, नेपाल इन्स्योरेन्सले २ करोड १३ लाख, नेशनलले १ करोड ८५ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
राष्ट्रिय बीमा कम्पनीले भने अहिलेसम्म भुक्तानी दिएको छैन् । कम्पनीमा कुल २० करोड ७३ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस