अर्थ संसार, काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण भइसकेकाले राष्ट्रियसभाको निर्वाचनको ढोका खुलेको बताउनुभएको छ ।
आज आयोजित साक्षात्कारमा उहाँले प्रदेश प्रमुखको नियुक्ति नभएसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम गोप्य रहने तथा यसको परिणाम निर्वाचन आयोगले पेश नगर्ने बताउनुभयो ।
समानुपातिक निर्वाचनको परिणाम एक दुई दिनमै अन्तिम रुप दिइने उहाँले जानकारी दिनुभयो । प्रमुख आयुक्त डा यादवले दल, मतदाता तथा सर्वसाधारणको सहयोगमा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार दल दर्ताको सूचना प्रकाशित गरिसकेको बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयन गर्ने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न तथा प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरिसकेको पनि जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस