Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १० : १९ मा प्रकाशित

अमेरिकी डलरको  मूल्य हालसम्मकै महँगो

अमेरिकी डलरको मूल्य बढ्ने क्रममै रहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको लागि एक अमेरिकी  डलरको खरिदमूल्य १३६.६९ रुपैयाँ र बिक्रीमूल्य १३७.२९ रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यस दिन एक युरोको खरिदमूल्य १४२.३५ रुपैयाँ र बिक्रीमूल्य १३७.२९ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९० रुपैयाँ र बिक्रीमूल्य ८५.२८ रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक कुवेती दिनारको खरिदमूल्य ४४३.६५ रुपैयाँ र बिक्रीमूल्य ४४५.६० रुपैयाँ छ भने १० जापानिज यनको खरिदमूल्य ८.७२ रुपैयाँ र बिक्रीमूल्य ८.७६ रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको