Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको सटही दर कति छ ?

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, ०९ : ५४ मा प्रकाशित

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको सटही दर कति छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ८ गते बिहीबार १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसअघि बुधबार पनि १ अमेरिकी डलर मूल्यमा कारोबार भएको थियो ।

यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ४९ पैसा खरिददर १७४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १४ पैसा र खरिददर ९ रुपैयाँ १८ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको