Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १० : २६ मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

बैंकले बिक्री गर्न लागिएको सेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने संस्थापक सेयरधनीको नामबारे भने कुनै जानकारी भने समावेश गरेको छैन।

यो सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा निवेदन दिनु पर्नेछ।  तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर  खरिदका लागि आवेदन नपरेमा सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको