Like us!
Follow us!
Connect us!
Watch us!

यूनिक हाईडेलले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १० : २९ मा प्रकाशित

यूनिक हाईडेलले आईपीओ निष्कासन गर्ने

यूनिक हाईडेल कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आगामी माघ ९ गते  काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा बोलाएको  हो ।

सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने कम्पनीको आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण भएको गत आवको नगद प्रवाह विवरण र २०८१ असार मसान्तको वासलात पारित गर्ने तथा आव २०८१\८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको