Like us!
Follow us!
Connect us!
Watch us!

भीम रावलको ओलीलक्षित कविता - तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन !

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १४ : १७ मा प्रकाशित

भीम रावलको ओलीलक्षित कविता - तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन !

नेकपा एमालेबाट निकालिएका पूर्व उपाध्यक्ष डा.भीम रावलले पत्रकार सम्मेलनको सुरुवात कविताबाट गरेका छन् । कवितामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् ।

यस्तो छ उनको ओलीलक्षित कविता:

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा

भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो

यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको