Like us!
Follow us!
Connect us!
Watch us!

ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ - भीम रावल

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, १४ : ०५ मा प्रकाशित

ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ - भीम रावल

मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन् ।

सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाटै फेरि पुष्टि भएको बताए । 

उनले भनेका ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ ।’

एमालेबाट निस्कासित भएपछि नेता रावल अध्यक्ष ओलीप्रति आक्रोश पोख्दै आइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको