पूर्व एमाले नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता सबै मूर्ख छन् म मात्र सर्वज्ञाता छु भन्ने दाबी गर्ने प्रयास गरेको बताएका छन् ।
बिहीबार प्राज्ञिक मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा नेता रावलले संविधान संशोधनको सवालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
उनले भा्, ‘यो आँखा र कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा मात्र हुन्छ,मलाई आश्चर्य लाग्छ । सरकारमा म पनि गएको थिएँ । तर यतिसारो आँखामा पटिट लगाएर जनता सबै मूर्ख छन् म मात्र सर्वज्ञाता छु भन्ने कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’
उनले पृथ्वीनारायण शाहले स्वाधीन, स्वतन्त्र र अखण्ड नेपालको जग बसालेको भन्दै प्रत्येक देशभक्तले त्यो जग भत्किन नदिन र ती जगका इँटाहरू कुनै दाह्रा र नङ्ग्राले लुछे जसरी देशलाई सर्वनाश हुन नदिन एक भएर अघि बढ्ने दिन आएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस