नेता डा.भीम रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केपी शर्मा ओलीको इसारामा उन्मुक्ति दिइएको आरोप लगाएका छन्।
बुधवार पत्रकार सम्मेलन आयोजना गरेर रावलले यस्तो आरोप लगाएका हुन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई ओलीको निर्देशनको रूपमा प्रस्तुत गर्दै उक्त निर्णयको आलोचना गरे।
रावलले ललिता निवास जग्गा प्रकरणमा नाम चलेका नविन पौडेल र कुमार रेग्मीले अनियमित तरिकाले प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गरेको निर्णय गरेपनि, त्यसका आधारमा दण्ड सजाय नगर्ने कानुनी प्रक्रिया माथि प्रश्न उठाए।
रावलले ओलीको विगतको कार्यकालमा पनि आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘अख्तियारले ओलीको इसारामा नविन पौडेल र कुमार रेग्मीका नाममा मुद्दा नचलाउने निर्णय गरेको हो। उनले भने, ‘ओलीले आफ्नो जन्मदिनको अवसरमा ४ ओटा हेलिकोप्टर प्रयोग गरी विराटनगरको तयारी खाना गृह जिल्लामा ओसार्न लगाएका थिए। साथै, नेपालको नक्साको केक बनाएर सामन्तवादी प्रवृत्तिमा परेका थिए।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस