नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएको छ ।
बुधबार हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।
यी दुई कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत भएसँगै सेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस