Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

विहीबार, १८ पुस २०८१, १० : ५७ मा प्रकाशित

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

बैंकले संस्थापक समूहको ५५ हजार कित्ता सेयर सेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । 

बैंकले यसअघि नै उक्त सेयर संस्थापक शेयरधनीलाई खरिद आह्वान गरिसकेको र तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको जनाएको छ। 

 सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति, संघसंस्था वा कम्पनीले आवश्यक कागजात सहित ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बाघ दरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा  निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको