Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा तरलता फालाफाल: आज फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २१ पुस २०८१, १० : १८ मा प्रकाशित

बैंकिङ प्रणालीमा तरलता फालाफाल: आज फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ ।

बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो ।  यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको ब्याजसहित सावाँ फिर्ता माघ १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको