Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ ल्याउने तयारीमा शिवम् होल्डिङ्ग्स: हेरौं कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

अर्थ संसार

सोमबार, २२ पुस २०८१, ११ : ३१ मा प्रकाशित

आइपीओ ल्याउने तयारीमा शिवम् होल्डिङ्ग्स: हेरौं कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

प्रिमियम मुल्यमा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको, शिवम सिमेन्टको सहायक कम्पनी शिवम होल्डिङ्ग्स लिमिटेड ले गत वर्ष सन् २०२४ मा २३ करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । 

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीको यो आम्दानी सन् २०२३ को भन्दा ८.९५ प्रतिशतले बढि हो । 

यस्तै, २०२४ सम्ममा कम्पनीको भौतिक सम्पत्ति ४ अर्ब ९० करोड १० लाख रूपैयाँ पुगेको छ । २०२३ मा यस्तो सम्पत्ति ४ अर्ब ५७ करोड ८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको ब्याज, कर, मूल्यह्रास र कटौती गर्नु अघि कमाइ मार्जिन ९६ प्रतिशत भन्दा माथि रहेको छ । 

शिवम होल्डिङ्ग्समा शिवम सिमेन्ट लिमिटेडको ८५.०३ प्रतिशत सेयर लगानी रहेको छ भने बिनोद कुमार श्रेष्ठको ३.६३ प्रतिशत र दीपक कुमार झाको ३.२१ प्रतिशत हिस्सा रहेको छ ।  

कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत रकम बराबरको १ करोड २६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । 
यसका लागी कम्पनीले धितोपत्र बोर्डसँग २१० रुपैयाँ प्रिमियम मुल्यमा १ करोड १६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ ।
सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटलसँग बिक्री प्रवन्धक नियुक्तिसम्बन्धी सम्झौता भइसकेको छ । सर्वसाधारणलाई सेयर जारी गरेपछिको पुँजी हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजनामा सेयर लगानी विस्तार गर्ने योजना कम्पनीको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको