Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन: १८ अंकले बजार घट्दा ७ अर्ब ३० करोडको कारोबार

अर्थ संसार

विहीबार, २५ पुस २०८१, १५ : १५ मा प्रकाशित

सेयर बजारमा करेक्सन: १८ अंकले बजार घट्दा ७ अर्ब ३० करोडको कारोबार

लगातार ६ दिन बढेको सेयर बजार आज घटेको छ । लगातार सुधार आएको बजारमा आज साताको अन्तिम कारोबारका दिन भने करेक्सन देखिएको हो ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १८.१४ अकंले घटेर २६३५.०९ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोडको सेयर कारोबार भएको छ ।

आज १२ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । अन्य सबै सूचकमा गिरावट देखिएको हो । आज ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनी, हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले गुमाएका हुने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको