एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले सेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर, तोकिएको अवधिसम्म कुनै पनि आवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कर्पाेरेट कार्यालयमा उल्लिखित ४५ हजार कित्ता सेयरको मूल्य समेत उल्लेख गरी निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस