अर्थ संसार
काठमाडौं–हिमालयन बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयरमा कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने पनि प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ । बैंकका अहिले वितरण गरिरहेको हकप्रद भर्नेहरुले भने उक्त बोनस नपाउने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस