Like us!
Follow us!
Connect us!
Watch us!

रवि छुटेपछि बाबुरामले भने : अदालतको विवेकपूर्ण निर्णय

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, ११ : ५२ मा प्रकाशित

रवि छुटेपछि बाबुरामले भने : अदालतको विवेकपूर्ण निर्णय

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको आदेश विवेकपूर्ण भएको बताएका छन्  ।

आज आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत उनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका हुन् ।उनले सामाजिक सञ्जालमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय ।’ 

बिहीबार  कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका थिए । 

सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको