नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कोलकात्तामा आयोजित प्राविधिक प्रशिक्षण प्रदान गरेको छ। उक्त तालिम इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरुले दिएका थिए।
कम्पनीले नेपालभरबाट योग्य अभिकर्ता र कर्मचारीहरुलाई तालिममा सहभागी गराउनको लागि कोलकात्ता स्थित कलेज अफ इन्स्योरेन्सको सहयोगमा यो कार्यक्रम आयोजना गरेको हो।
तालिमको उद्घाटन कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल श्री वि.के. नायकले गरेका थिए। उनले कम्पनीलाई धन्यवाद दिँदै ४०० भन्दा बढी अभिकर्तालाई तालिममा सहभागी गराएर बीमा व्यवसायमा नविनतम सोच र तालिम प्रवाह गर्नको लागि अवसर दिएकोमा सराहना जनाए।
तालिमका क्रममा प्रशिक्षक श्री मिहिर गोस्वामीले 'इनोभेटिभ प्रोस्पेटिङ' सम्बन्धी प्रशिक्षण दिएका थिए। उनले नविन सोच र रणनीति अपनाउँदा बीमा व्यवसायमा सफलता प्राप्त गर्न सकिने कुरा उल्लेख गरे। अर्का प्रशिक्षक श्री अनिरवन शाहले 'बिजनेश कन्ट्यूनिटी साईकल' सम्वन्धी तालिम दिएका थिए, जसमा अभिकर्तालाई ग्राहकहरूको रुचि, व्यवसाय, पारिवारिक अवस्था, र आम्दानीलाई ख्याल गरेर बीमा बिक्री गर्ने तरिका सिकाइएको थियो।
तालिमको समापनमा कलेजका प्रिन्सिपल र प्रशिक्षकहरूले सहभागी अभिकर्ता र कर्मचारीलाई प्रमाणपत्र वितरण गरेका थिए।
सहभागि अभिकर्ताले इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाबाट तालिम प्राप्त गर्नु ठूलो अवसर रहेको र यसका लागि कम्पनी प्रति आभार व्यक्त गरे।
यो तालिम कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा सम्पन्न भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस