Like us!
Follow us!
Connect us!
Watch us!

सलमान र शाहरुखका अंगरक्षकको करोडौं कमाइ

अर्थ संसार

आइतबार, २८ पुस २०८१, ०९ : ०१ मा प्रकाशित

सलमान र शाहरुखका अंगरक्षकको करोडौं कमाइ

बलिउड स्टारहरूले आफ्नो सुरक्षाको विशेष ख्याल राख्नुपर्छ, त्यसैले सलमान खानदेखि शाहरुख खानसम्म सबैको व्यक्तिगत अंगरक्षक हुन्छ। 

तर, जसको सबैभन्दा बढी चर्चा सलमानका अंगरक्षक शेरा र शाहरुखका अंगरक्षक रवि सिंहको हुने गर्दछ ।  हालैको पोडकास्टमा युसुफ इब्राहिमले यी दुईको कमाईको बारेमा धेरै खुलासा गरेका छन् ।

युसुफ इब्राहिम एक प्रसिद्ध सुरक्षा सल्लाहकार हुन्। उनले आफ्नो करियरको शुरुवाती दिनदेखि नै आलिया भट्ट र वरुण धवनलगायत धेरै ए–ग्रेड सेलिब्रेटीलाई सुरक्षा प्रदान गर्दै आएका छन्। हालै एक पोडकास्टमा प्रख्यात टिभी होस्ट सिद्धार्थ कन्ननले युसुफ इब्राहिमलाई सोधे कि शाहरुखका अंगरक्षक रवि सिंहले वार्षिक २.७ करोड भारु तलब पाउँने गरेका छन । इब्राहिमको जवाफ थियो, यो सम्भव छैन । अर्थात् युसुफ इब्राहिमका अनुसार रवि सिंहको तलबलाई लिएर चलिरहेको समाचारको कुनै औचित्य छैन ।

तर, सलमानका अंगरक्षक शेराको वार्षिक २ करोड कमाइको बारेमा सोध्दा युसुफले अर्कै जवाफ दिए । शेराको पनि आफ्नै सुरक्षा निकाय रहेको उनले बताए । यस बाहेक उनी धेरै व्यवसायमा पनि संलग्न छन्, त्यसैले सम्भव छ कि उनले यति धेरै आम्दानी गर्दैछन्। शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो र उनी करिब दुई दशकदेखि सलमान खानको अंगरक्षकको रूपमा रहेका छन् । शेराले टाइगर सेक्युरिटीको नाममा आफ्नो एजेन्सी चलाउँछन् ।

उता, अक्षय कुमारका अंगरक्षक श्रेयसे ठेलेले वार्षिक १.२ करोड कमाउने बताइएको छ । यसबारे युसुफ इब्राहिमले भने, ‘मसँग उनको व्यक्तिगत जानकारी छैन । मासिक रुपमा हेर्दा १० देखि १२ लाख रुपैया हुन पनि सक्छ । वास्तवमा यो सुटिङ कार्यक्रम वा प्रमोशनको बिलिङ के भइरहेको छ, अंगरक्षकको तलब कति छ र सेलिब्रिटीहरूले महिनामा कति दिन काम गर्छन आदिमा भर पर्छ ।

यद्दपी, उनल भने सेलिब्रेटीको बडीगार्डहरूले करोडौं रकम लिने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको