Like us!
Follow us!
Connect us!
Watch us!

५५ लागे सलमान खान, दरबारमार्गमा विशेष कार्यक्रम आयोजना गरिने

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १२ : ३५ मा प्रकाशित

५५ लागे सलमान खान, दरबारमार्गमा विशेष कार्यक्रम आयोजना गरिने

बलिउड सुपरस्टार सलमान खान ५५ औं  वर्षमा लागेका छन्  । सलमानको जन्म सन् १९६५ डिसेम्बर २७ तारिखमा भएको हो। 

उनले आफ्नो पान्भेलको पनवेल फार्महाउसमा केक काट्दै आफ्नो जन्मदिन मनाएका छन्।  

सलमान यो जन्मदिन परिवारसँग मात्र जन्मदिन मनाइरहेका छन्।  

विइङ ह्युमन क्लोथिङ नेपालले बलिउड सुपरस्टार सलमान खानको जन्मदिन भव्य रुपमा मनाउने भएको छ। 

सलमानको जन्मदिनका अवसरमा किङ्स लाउन्ज दरबारमार्गमा विशेष कार्यक्रम आयोजना गरिने विइङ ह्युमन क्लोथिङका निर्देशक सुरज केसीले बताएका छन्। 

आइतबार साँझ साढे ६ बजे राति साढे ९ बजेसम्म आयोजना गरिने कार्यक्रममा नेपालको कलाक्षेत्र र सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको