Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१.०५% लाभांश घोषणा, कति दिंदैछ नगद र बोनस ?

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १० : १४ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१.०५% लाभांश घोषणा, कति दिंदैछ नगद र  बोनस ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीको सञ्चालक समिति पुस २६ गते (शुक्रबार) साँझ बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

प्रस्तावित लाभांशमा बोनस सेयर  १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको