Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३० प्रतिशतको वृद्धि हुँदा ईपीएस डबल डिजिटमा

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १८ : ५७ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३० प्रतिशतको वृद्धि हुँदा ईपीएस डबल डिजिटमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा  वृद्धि भएको छ।

३० प्रतिशतले बढ्यो नाफा 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढेको छ ।समीक्षा अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।

कुल बीमाशुल्कमा पनि सुधार 

असोज मसान्तसम्म कम्पनीले कम्पनीले ११ अर्ब ९६ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले १० अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा यो ९.५४ प्रतिशतले बढी हो । 

खुद बीमाशुल्कमा ९.१४ प्रतिशतको वृद्दी 

कम्पनीले पहिलो त्रैमाससम्म खुद बीमाशुल्क आर्जन ९.१४ प्रतिशतले बढाएको छ । गत आवमा १० अर्ब ८२ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड रुपियाँ आर्जन गरेको छ । 

महाविपत्ती कोष/रिटेण्ड अर्निङ्ग

कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ११ करोड ८८ लाख रुपियाँ छ भने रिटेण्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपियाँ रहेको छ । 

बढ्यो जीवन बीमा कोष  

गत आवको पहिलो त्रैमाससम्म १ खर्ब ७४ अर्ब ३७ करोड रहेको कम्पनीको जीवन बीमा कोष यस अवधिमा १९.५४ प्रतिशतले बढेर २ खर्ब ८ अर्ब ४४ करोड पुगेको छ ।

प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ७ रुपैयाँ ७० पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालू आवमा २ रुपैयाँ ३१ पैसाले बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। 
 

प्रतिसेयर नेटवर्थ

समीक्षा अवधिमा कम्पनीको  प्रतिसेयर नेटवर्थ १३१.९९ रुपियाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको