चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेयर धितो कर्जा १९.८ प्रतिशतले बढेको छ । गत असारको तुलनामा मंसिरसम्म १९.८ प्रतिशतले सेयर धितो कर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्म बैंकहरुबाट झण्डै १८ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
चालु आर्थिक वर्षको १ महिनामा बैंकहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ । गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो । यो हिसाबले चालु आर्थिक वर्षको ५ महिनामा बैंकहरुबाट थप १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ ।
कुन रेन्जको कर्जा कति ?
कात्तिकसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ । गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो । यो रेन्जको कर्जाको माग २७.३ प्रतिशतले बढेको छ ।
मंसिरसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब २७ करोड ९८ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ गएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस