वाणिज्य बैंकहरू सेयरधितो कर्जामा आक्रामक बनेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म वाणिज्य बैंकहरूले कुल २ खर्ब ३२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६६ अर्ब ५९ लाख ४३ हजार रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए
यो अवधिमा १७ बैंकहरूले सेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन् ।
कुन बैंकको कति ?
यसअवधिमा नेपाल एसबिआई बैंकले सर्वाधिक १९५५ प्रतिशतले सेयर धितो कर्जाको लगानी विस्तार गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एसबिआई बैंकको सेयर कर्जा लगानी ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, माछापुच्छे बैंकको सेयर कर्जा लगानी १९२ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकको १०८ प्रतिशतले बढेर ८ अर्ब ६४ करोड २० लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७७ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ र एनएमबि बैंकको ७१ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
यता, माघ मसान्तसम्ममा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले यसअवधिमा कुल १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा आफ्नो लगानी १०.७० प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले सेयर धितो कर्जामा ११ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको थियो ।
ग्लोबल आइएमईले ११ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ । बैंकले सेयर धितो कर्जाको लगानी ७५.७२ प्रतिशतले बढाएको हो ।
यसअवधिमा नेपाल बैंकको ६१ प्रतिशतले बढेर ७ अर्ब ७२ करोड, प्राइम बैंकको ५६ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड, सिटिजन्स बैंकको ४२ प्रतिशतले बढेर ६ अर्ब १५ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड, प्रभु बैंककको २९ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड, लक्ष्मी सनराइज बैंकको २४ प्रतिशतले बढेर ४ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेका छन् ।
साथै, यसअवधिमा एनआईसि एशिया बैंकको ४३ प्रतिशत र हिमालयन बैंकको २० प्रतिशतले सेयर धितोकर्जा घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस