Like us!
Follow us!
Connect us!
Watch us!

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री

अर्थ संसार

सोमबार, २९ पुस २०८१, १५ : ५३ मा प्रकाशित

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको दाबी गरेकी छन् । सोमबार  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूको सवालमा उनले यस्तो जवाफ दिएकी हुन् ।

उनले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित भएको बताउँदै सबै परियोजना 'एड फाइनान्सिङ'मै आउने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको अन्तिम समयमा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर भएको थियो ।  उक्त सम्झौताबारे जानकारी दिँदै परराष्ट्रमन्त्री देउवाले ऋण लिने समझदारीमा हस्ताक्षर नभएको बताइन् ।

उनले भनिन्,  ‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेकी छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डेथ सर्विसिङमा छ। हामी कुनै पनि प्रकारको ऋण लिने अवस्थामा छैनौँ‚त्यसकारण हामीले तपाईसँग एड र ग्रान्टमात्र अपेक्षा गरेका छौँ भनेर निर्लज्जताका साथ प्रस्तुति गरेकी छु‚ जे हो त्यो त भन्ने पर्‍यो नि! अहिले हामीले जति परियोजना यसमा हालेका छौँ त्यो सबै एड फाइनान्सिङमै आउँछ।’

बैठकमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत विषयमा छलफल भएको हो। बैठकमा चीन भ्रमणका उपलब्धि सार्वजनिक गर्दै मन्त्री राणाले छलफलमा विभिन्न महत्वपूर्ण सम्झौता भएको उल्लेख गरिन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको