विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो ।
कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेकाले सम्मेलन भोलि दिउसो ३ बजेका लागि सारिएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
विपक्षी दलको हिजोको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो । यो कार्यदलले ड्राफ्ट तयार गर्न समय लगाएपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस