Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली: १२ अकंले नेप्से बढ्दा परिसूचक २६ सय बिन्दुमा

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, १५ : २३ मा प्रकाशित

सेयर बजारमा हरियाली: १२ अकंले नेप्से बढ्दा परिसूचक २६ सय बिन्दुमा

साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से १२.५८ अकंले बढेर २६०१.२१ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड २९ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स समूहको सेयर मूल्यमा उचाई आएको छ । फाइनान्स सेक्टर २.३२ प्रतिशतले बढेको हो । नेप्सेमा सूचीकृत १५ फाइनान्स मध्ये १४ कम्पनीको बढेको छ ।

साथै, आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।

 आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको