Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, यूरो, र पाउन्ड महँगो, युआन र येन स्थिर

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, ०९ : ३३ मा प्रकाशित

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, यूरो, र पाउन्ड महँगो, युआन र येन स्थिर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

मंगलबार अमेरिकी डलरको भाउ ०६ पैसाले बढेको छ । आज डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार यसको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसामा भएको थियो । 
 
आज युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६७ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ २९ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ ६४ पैसाले बढेको छ । सोमबार यूरो एकको खरिददर १४२ रुपैयाँ ०३ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।  


यसैगरी आज बेलायती पाउन्ड ४१ पैसाले बढेर यसको खरिदमूल्य १६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । सोमबार यसको खरिदमूल्य १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो ।  


त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९७ पैसा रहेको छ । 


उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९० पैसा तथा बिक्री दर १८ रूपैयाँ ९८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५७ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३० रूपैयाँ ९० पैसा कायम गरेको छ ।

यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ र बिक्रीदर ४४९ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको