नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
कोइरालाले कांग्रेस-एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्छ, ६ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’
संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस