Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे २१ अर्ब बीमा शुल्क, कुनको कति ?

अर्थ संसार

विहीबार, १० माघ २०८१, १५ : ५१ मा प्रकाशित

६ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे २१ अर्ब बीमा शुल्क, कुनको कति ?

चालु आर्थिक वर्षको दोस्रौ त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले करिब २१ अर्ब बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल १३ लाख ८९ हजार ३१९ वटा बीमा पोलिसी बिक्री गरी कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कुनको कति ?

यो अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले ६ महिनामा दुई अर्ब ५९ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । 

बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा दुई अर्ब ५५ करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ ।

तथ्यांक अनुुसार तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब १३ करोड रुपैयाँ र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब ७३ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ७१ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख,राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

त्यसैगरी ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ९करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको