Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा ७ अर्ब ४६ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?

अर्थ संसार

शुक्रबार, ११ माघ २०८१, १० : १६ मा प्रकाशित

६ महिनामा ७ अर्ब ४६ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?

पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ । 

चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ । चालु आवको पौष मसान्तसम्म ५४ हजार ४१४ जना बीमितले बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

मंसीर महिनासम्ममा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँको ४५ हजार ६० वटा बीमा सरेण्डर भएको थियो ।

सबैभन्दा बढी सरेन्डर कुन कम्पनी​बाट ?

तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये ६ महिनामा एलआइसी नेपालको पोलिसी सरेन्डर सर्वाधिक देखिएको छ ।

- एलआइसी नेपालको २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको १३ हजार ९६८ वटा पोलिसी सरेन्डर भएको हो ।

- नेपाल लाइफको १२ हजार २४१ वटा बीमा पोलिसी वापत २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

अन्य कुन कम्पनीबाट कति ?

राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ वटा बीमा पोलिसी वापत ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । एशियन लाइफको ४४ सय ५ वटा बीमा पोलिसीवापत ४६ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ।  हिमालयन लाइफ इन्स्योरेन्सको ३ हजार ५९० वटा बीमा पोलिसीवापत  ३३ करोड २३ लाख बराबरको पोलिसी, नेसनल लाइफको ३१ सय चार वटा पोलिसी वापत ४६ करोड ५१ लाख रुपैयाँको पोलिसी, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको २९ सय ४० वटा बीमा पोलिसीवापत ३८ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने मेट लाइफको १७ सय ९४ वटा बीमा पोलिसी वापत १९ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

 सिटिजन लाइफ इन्स्योरेन्सको १३ सय ८८ वटा बीमा पोलिसीवापत ११ करोड ५८ लाख रुपैयाँ बराबरको पोलिसी,आइएमई लाइफको ९०८ वटा बीमा पोलिसी वापत ९ करोड ८६ लाख रुपैयाँको पोलिसी,सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९४२ वटा बीमा पोलिसीवापत १३ करोड १२ लाख रुपैयाँ बराबरको पोलिसी,रिलावल नेपाल लाइफ इन्स्योरेन्सको ८ सय ६३ वटा पोलिसीवापत ५ करोड ५६ लाख रुपैयाँ बराबरको पोलिसी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ सय ३ वटा पोलिसीवापत ९ करोड ८२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

सन नेपाल लाइफबाट सबैभन्दा कम पोलिसी सरेन्डर 

यो अवधिमा सबैभन्दा कम बीमा पोलिसी सरेन्डर भने सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ ।

कम्पनीको ६ महिनाको दौरान ३ सय ६१ वटा पोलिसी सरेन्डर भएर ३ करोड ५२ लाख रुपैयाँ रकम बाहिरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको