Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा,सबैले आवेदन दिन पाउने

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १० : ४९ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा,सबैले आवेदन दिन पाउने

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ ।

 बैंकले संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता सेयर विद्यमान संस्थापक, योग्य व्यक्ति तथा कम्पनीका साथै संघसंस्थाहरूले समेत किन्न पाउने गरी बिक्री गर्ने भएको हो। 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०७ रुपैयाँ तोकिएको  बैंकले जनाएको छ।

सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज माघ १३ गतेदेखि २० गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने बैंकले जनाएको छ। बोलपत्र आवेदन फाराम सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पाइनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको