एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २० गतेदेखि अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
इन्स्योरेन्सले माघ २० गतेदेखि १० बराबर ६.२५६ अनुपातमा निष्कासन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।
जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ।
बिक्रीमा राखिएको सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता खरिद आवेदन दिन संस्थापक समूहमा कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र माघ २७ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा एनएलजी इन्स्योरेन्सका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा पेस गर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस