Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरको आम्दानी १५ करोडले घट्यो — यो के कारण हो ?

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १४ : २० मा प्रकाशित

आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरको आम्दानी १५ करोडले घट्यो — यो के कारण हो ?

आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर कम्पनीको वित्तिय विवरण कम्जोर देखिएको छ  । कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो वर्षदिनको अवधिमा कम्पनीको नाफा  १५ करोड ७० लाख रुपैयाँ कम हो । सन् २०२४ मा यस कम्पनीले ४१ करोड ७० लाख र सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस कम्पनीले ६४ करोड बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ६१ करोड ९९ लाख रुपैयाँका लागि ‘केयर एनपी बी’ र सर्ट ट्रम २ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ प्राप्त गरेको छ ।

कर, ब्याज, मूल्यह्रास र परिशोधन मार्जिन २०२४ मा ४७.९७ प्रतिशतमा झरेको छ। यो अवधिमा कम्पनीको ब्याज कवरेज अनुपात पनि कमजोर देखिएको छ । सन् २०२२ मा ०.७४ को न्यून स्तरबाट २०२३ मा २.३७ मा सुधार भए पनि २०२४ मा १.९७ मा झरेको छ ।

यस्तै, कम्पनीको कुल ऋण/नगद लाभ अनुपात २०२२ मा नकारात्मक रहेकोमा २०२३ मा ६.१४ मा पुगेको र २०२४ मा ११.११ मा थप बिग्रिएको देखिएको छ ।

समग्र गियरिङ अनुपात २०२२ मा नकारात्मक रहेकोमा २०२३ मा अत्यन्तै उच्च ४५.२१ मा पुगेको र २०२४ मा ४.२५ मा छ । करेन्ट रेसियो भने सुधार हुँदै २०२२ को १.३० बाट २०२४ मा ९.९४ पुगेको छ।

प्रभु हेलिकप्टर लिमिटेडले सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्स प्राइभेट लिमिटेडलाई अधिग्रहण गरी आफ्नो यात्रा सुरु गरेको थियो । यसलाई १४ जुलाई सन् २०२२ मा सार्वजनिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी प्रभु हेलिकप्टर लिमिटेड नामकरण गरिएको हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको