पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो ।
गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय १ वर्ष थप गरिदिएको हो ।
२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बिमा कम्पनीहरुले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्याउनुपर्ने निर्णय गरेको थियो । उक्त समय सीमा थप भएसँगै अब २०८२ को माघ १७ गतेभित्र पुनर्बिमा कम्पनीहरु २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।
हाल नेपालमा नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्सुरेन्स २ कम्पनीहरु पुनर्बिमा कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छन् ।
यसरी सञ्चालनमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब माथि रहेको छ । हिमालयन रि को चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस