Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासबाट पाठ सिक्दै अब बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १३ : २९ मा प्रकाशित

इतिहासबाट पाठ सिक्दै अब बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह

 उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् ।

२७ औं भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहिताको पूर्ण परिपालना गर्दै भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्ने बताएका हुन् ।

भूकम्पीय जोखिम न्यूनीकरणमा ध्यान दिन नसक्दा र भूकम्प प्रतिरोधी थेग्न नसकेरै भौतिक संरचनाहरू विनाश भएका कारण अथाह जनधनको क्षति हुने गरेको उनको भनाई थियो । 

उनले भने– ‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ ।  भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरू भूकम्पमा गर्ल्यामगुर्लुम ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्‍यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो ।’ 

त्यस्तै उनले विपद्का घटनाहरूबाट सुरक्षित हुन आवश्यकता अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नुपर्ने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको