Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको दोस्रो त्रैमास - नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

बुधबार, १६ माघ २०८१, ०८ : २२ मा प्रकाशित

धौलागिरी लघुवित्तको दोस्रो त्रैमास - नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत प्रतिवेदन प्रकाशित गरेको छ ।  प्रतिवेदन अनुसार लघुवित्तको वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरी अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था सन्तोषजनक रहेको पाइएको छ ।

यो अवधिसम्म आइपुग्दा आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

खुद नाफा

दोस्रो त्रैमाससम्म कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो ।

ब्याज आम्दानी


यसअवधिमा संस्थाले ६ करोड ४१ लाख ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा लघुवित्त ४ करोड १४ लाख घाटा ब्यहोरेको थियो ।

प्रतिसेयर आम्दानी

त्यस्तै नाफा कमाउँदा प्रति सेयर आम्दानी १.५६ रहेको छ ।

खराब कर्जा

दोस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा  ५.५० प्रतिशतमा रहेको छ । 

कर्जा लगानी/बचत संकलन

यस अवधि भित्रमा संस्थाले २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको