इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार लघुवित्त दोस्रो त्रैमासमा नोक्सानीमा देखिएको छ । लघुवित्तको सञ्चालन आम्दानी नकारात्मक हुँदा र लघुवित्तको इम्पेरिमेन्ट चार्जमा वृद्धि हुँदा लघुवित्त नोक्सानीमा गएको हो ।
नोक्सानी कति ?
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्त ९ करोड ४६ लाख रुपैयाँले नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
ब्याज आम्दानी
समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी १२ करोड ९० लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिमा १० करोड ८९ लाख रुपैयाँ थियो ।
सञ्चालन मुनाफा ऋणात्मक
समीक्षा अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा ९ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ ।
बढ्यो इम्पेरिमेन्ट चार्ज
यो अवधिमा लघुवित्तको इम्पेरिमेन्ट चार्ज ७१ लाख ५७ हजार रुपैयाँले बढेर १२ करोड १ लाख रुपैयाँ छ ।
वित्तरण योग्य मुनाफा/खराब कर्जा
यो अवधिमा लघुवित्तको वित्तरण योग्य मुनाफा समेत ऋणात्मक रहेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात बढेको छ । लघुवित्तको खराब कर्जा अनुपात ९.८५ प्रतिशत छ ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
यसअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ५० पैसाले नोक्सानीमा छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६१ पैसा कायम छ ।
चुक्ता पूँजी/जगेडा कोष
चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड ५८ रुपैयाँ सञ्चित रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस