नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा नरहेको बताएका छन्।
प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ज्ञवालीले आफूहरु समृद्ध नेपाली, सुखी नेपालीको मर्मलाई बोक्नसक्ने लोकतन्त्रको पक्षमा रहेको बताए।
उनले भने, ‘एमालेले कहीँ कतै पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, मान्छेको बोल्न र अभिव्यक्त गर्ने पाउने विचारलाई संकुचन गर्ने कुरा सोच्न पनि सक्दैन। हामी तीस वर्ष लामो पञ्चायती तानशाही झेलेर आएका हौं। हाम्रो नेताहरू जेलको गोलघरभित्र बसेर आउनु भएकाहरु हुनुहुन्छ। स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ। एमाले र एमाले नेतृत्वको सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचनमा राख्दैन। हामीले संविधानमै मौलिक अधिकारको व्यवस्था गरेका छौं।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस