Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बस्दैछ यसअघि स्थगित जोशी हाइड्रोको साधारणसभा ?

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १२ : ४३ मा प्रकाशित

कहिले बस्दैछ यसअघि स्थगित जोशी हाइड्रोको साधारणसभा ?

जोशी हाइड्रोपावर कम्पनीको नवौं र दशौं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित गरिएको छ।

कम्पनीले सभा माघ १५ गतेका लागि सभा बोलाएको थियो तर आवश्यक संख्या नपुगेपछि सभा बस्न नसकिएको हो।

अब, कम्पनीले माघ २४ गतेका लागि साधारण सभा पुनः बस्ने निर्णय गरेको छ। सभा सेलिब्रेशन हाइट पार्टिहल, सुकेधारामा बिहान १० बजे बस्ने जनाइएको छ।  

सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन पनि सभामा गरिनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेकाले माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको