Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाईडोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

अर्थ संसार

सोमबार, २५ असार २०८०, १७ : ४० मा प्रकाशित

जोशी हाईडोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका हुन्। 

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी रु. ३७,१४,००,००० को प्रति सेयर अंकित रु १०० को दरले १ कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४,१४,१०० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको