प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने बताएका छन् ।
उनले प्रतिनिधिसभामा सम्बोधन गर्दै विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि आफू आएपछि ‘थ्रु’ गरेको बताए ।
उनले भने , विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।
प्रधानमन्त्री ओलीले आफूले भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा भनेको कुरा पूरा गरेको दाबी समेत गरेका छन्
उनले आफनो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको, काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस