Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको सेयरको लकइन फागुन २३ गते सकिँदै

अर्थ संसार

सोमबार, २१ माघ २०८१, ११ : ३७ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको सेयरको लकइन फागुन २३ गते सकिँदै

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीसँग रहेको सेयरको लकइन अवधि फागुन २३ गतेपछि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै सेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो।

कम्पनीका अनुसार संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीको १२ हजार ७५० कित्ता सेयरको लकइन अवधि फागुन २३ गतेपछि सकिनेछ। कम्पनीले २०७८ फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आइपीओ बिक्री गरेको छ। आइपीओ बाँडफाँट भने फागुन २४ गते गरिएको थियो।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारी सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको