Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, १० : २४ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा,  न्यूनतम मूल्य कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको  ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

उक्त सेयर प्रतिकित्ता ५३१ सय रुपैयाँका दरले बिक्रीमा राखेको जनाएको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता वा सो भन्दा बढी खरिद गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन दिनुपनेछ ।

उक्त सेयरमा तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट खरिद नभएको अवस्थामा  सर्वसाधारणहरुलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको