फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजे सभा बोलाएको हो।
सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ। छ ।कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन मंसिर १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस