Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको दोस्रो त्रैमास - नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, ११ : ०५ मा प्रकाशित

जीवन विकास लघुवित्तको दोस्रो त्रैमास -  नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

खुद नाफा

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी

समीक्षा अवधिमा लघुवित्तले ९४ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७४ करोड ४ लाख थियो ।

कुल सञ्चालन आम्दानी

दोस्रो त्रैमाससम्म लघुवित्तको कुल सञ्चालन आम्दानी १२.०४ प्रतिशत र सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी /प्रतिसेयर नेटवर्थ

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसा बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा रहेको छ।

१ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ अर्ब १८ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको